आज पनि मेघगर्जनसहित वर्षाको सम्भावना

आज पनि मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं : शनिबार अपराह्नतिर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले देशको पूर्वी तथा मध्य भूभाग  र पश्चिमका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली अन्य भूभागमा मौसम सफा रहेन पूर्वानुमान गरेको छ।

यस्तो छ मौसम पूर्वानुमान महाशाखाले निकालेको आगामी तीनको मौसम पूर्वानुमान

बैशाख १४  गते (शनिबार):

दिउँसोः देशको पूर्वी तथा मध्य भूभाग  र पश्चिमका पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदली र बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पूर्वी  भूभागको थोरै स्थानहरुमा  र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक/दुइ स्थानमा अपरान्हतिर मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ।

राति : देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमका पहाडी भू-भागमा आंशिक  बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी  भू-भागका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १५  गते (आइतबार): 

दिउँसो : देशको पूर्वी भु-भाग तथा मध्य पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पूर्वी  भूभागको थोरै स्थानहरुमा  र मध्य तथा पश्चिमी पहाडि भूभागका १-२ स्थानहरुमा अपरान्हतिर मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ।

राति : देशको पहाडी भेगमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया मौसम सफा रहने छ।

बैशाख १६  गते (सोमबार):

दिउँसो : देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य  बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पूर्वी  भूभागको थोरै स्थानहरूमा  अपरान्हतिर मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ।

राति : देशको पहाडी भेगमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया मौसम सफा रहने छ।

मौसम

संम्बधित खबर

विशेष