विदेश

आसारामका छोरा नारायण साई पनि बलात्कार मुद्दामा दोषी ठहर

आसारामका छोरा नारायण साई पनि बलात्कार मुद्दामा दोषी ठहर

एजेन्सी । स्वघोषित आध्यात्मिक गुरु आसारामका छोरा नारायण साई पनि बलात्कारका दोषी ठहर भएका छन्। उनलाई गुजरातको एक अदालतले दोषी ठहर्‍याएको हो। उनलाई बलात्कारको आरोप लागेको थियो।

समाचार एजेन्सी पीटीआईका अनुसार सूरतको एक अदालतले नारायणलाई दोषी ठहर गरेको हो। उनलाई सजाय सुनाउन भने बाँकी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। अदालतले यस मुद्दामा अप्रिल ३० मा सजाय सुनाइने बताएको छ।

नारायण साईलाई सुरती एक महिलालाई बलात्कारको आरोपमा २०१३ मा प्रहरीले पक्राउ गरेको थियो। पीडित महिला र उनकी बहिनीले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका थिए। उनलाई हरियाणाको पिपलीबाट पक्राउ गरिएको हो।

सोही मुद्दामा नारायण साईसहित अन्य चार जना सहयोगीलाई पनि पक्राउ  गरिएको थियो। पीडित पक्षले ३५ जना विरुद्ध उजरु दिएका थिए। उक्त घटनामा नारायण साईलाई जमानतमा रिहाइ गर्न मद्दत गर्ने प्रहरीलाई ८ करोड घुस दिएको आरोप पनि लागेको छ।

महिलाले आफू सूरतमा रहेको आसाराम बापुको आश्रममा रहँदा नारायणले पटक-पटक यौन शोषण गरेको बताएकी थिइन्। उनका पिता आसाराम पहिले नै बालात्कार मामिलामा दोषी ठहर भएका छन्। उक्त अपराधका लागि उनलाई आजीवन कारावास सजाय दिइएको छ। अहिले उनी जेलमा छन्।

नारायण साई

विशेष