News अपराध सुरक्षा ताजा खबर

राजधानीमा बेवारिसे युवकको हत्या, घटनाका दोषी फरार

राजधानीमा बेवारिसे युवकको हत्या, घटनाका दोषी फरार

काठमाडौं । राजधानीमा एक बेवारिसे युवकको हत्या भएको छ । काठमाडौं बाफल स्थित स्याच्टार बस्ने अन्दाजी २६ वर्षीय युवकको सिसा प्रहारबाट हत्या भएको हो । 


तराई मुलको जस्तो देखिने ती युवक मागेर खाने सडकछाप रहेको बुझिएको छ ।  

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार ती व्यक्ति माग्ने रहेको र आफू जस्तै दुईतीन जना व्यक्तिको समूहमा बस्ने गथ्र्ये । 

घटनालगत्तै प्रहरीले फरेन्सिक विज्ञानका चिकित्सक र अनुसन्धानमा सहयोगी कुकरलाई घटनास्थलमा लगेको थियो । त्यसक्रममा चिकित्सकसहित प्रहरीको टोलीले उनको घाँटीमा सिसा प्रहार गरेर हत्या भएको आशंका गरेको छ ।

प्रहरीले घटनास्थलबाट अपराधमा प्रयोग भएको सिसा बरामद गरेको छ । घटनापछि दोषी मानिएका उनीसँगै बस्ने अर्का युवक भने फरार भएका छन् ।

अन्दाजी ५ फिट उचाई र पालतो ज्यान भएका ती व्यक्तिसँग उनले बेलाबेलामा झगडा गर्ने गरेको स्थानीय बताउँछन् । घटनास्थल नजिकै रहेको प्रहरी बिटका अधिकारीले उनीहरुबीच केही समय अघि झगडा भएको देखेका थिए ।

अहिले उक्त व्यक्तिको खोजी भइरहेको छ । 

अनुसन्धानका लागि प्रहरीले ल्याएको विज्ञ कुकुरले पनि घटनाको सम्बन्धमा कुनै सुराक दिन सकेन । 

स्रोतका अनुसन्धान घटनास्थलमा सबुत सुघाँएर छाडिएको कुुकर दौडिँदै सोल्टी दोबाटोसम्म पुगे पनि त्यहाँबाट अघि बढ्न सकेन ।

त्यो क्षेत्रमा अत्यधिक भीड हुने कारण कुकुरले अभियुक्तको बाटो पहिचान गर्न नसकेको हो । यद्यपि, प्रहरीले अन्य विभिन्न विधिबाट अनुसन्धान जारी राखेको छ ।

अपराध

विशेष