News

आज पूर्वी तथा मध्य भेगमा मेघ गर्जनसहित वर्षाको सम्भावना

आज पूर्वी तथा मध्य भेगमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं : आज आइतबार देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहेन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पूर्वी भेगमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, अपरान्हपछि वा साँझपख मध्य र पश्चिमी पहाडी भूभागमा पनि मेघ गर्जनसहित वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ।

यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान

बैशाख १५  गते (आइतबार):

दिउँसो : देशको पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ, मध्य र पश्चिमका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पूर्वी भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ र मध्य र पश्चिमि पहाडी भू-भागका एक/दुइ स्थानमा अपरान्हपछि वा साँझपख मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ।

राति : देशको पूर्वी भू-भागमा लगायत मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक  बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पूर्वी भेगका थोरै स्थानमा र मध्य र पश्चिमि पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १६  गते (सोमबार) :

दिउँसो : देशको पूर्वी भू-भागलगायत मध्य र पश्चिमका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पूर्वी भेगका थोरै स्थानमा र मध्य र पश्चिमि पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ।

राति : देशको पहाडी भेगमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया मौसम सफा रहने छ|

बैशाख १७  गते (मंगलबार):

दिउँसो : देशको पूर्वी भू-भागलगायत मध्य र पश्चिमका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पूर्वी भेगलगायत मध्य र पश्चिमि पहाडि भेगका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ।

राति : देशभरी नै मौसम सामान्यतया बदली रहनेछ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ।

मौसम वर्षा

विशेष