News Technology सामाजिक सञ्जाल

तथ्यांक बिभागको तथ्यांक अब अनलाइन पोर्टलबाट

तथ्यांक बिभागको तथ्यांक अब अनलाइन पोर्टलबाट

काठमाडौं। तथ्यांक बिभागले अब राष्ट्रिय तथ्यगत विवरण अनलाइन पार्टलमार्फत उपलब्ध गराउने भएको छ । बिभागले आफ्नो आधिकारिक वइभसाइट संचालन गर्दै तथ्यांक प्रकाशनका लागि अनलाइन पोर्टल सुरु गरेको हो।

 

बिभागले आजदेखि नेशनलडाटा डट जिओभी डट एनपिको शुभारम्भ गरेको छ । बिभागका अनुसार यस पोर्टलमा तीनवटै तहबाट तयार भएका तथ्यांक उपलब्ध गराइनेछ ।

 

प्रयोगकर्तालाई सहज तथ्यांक उपलब्ध गराउने उद्देश्यले यस प्रणालीको सुरुवात गरिएको बिभागका महानिर्देशक सुमनराज अर्यालले बताए।

 

बिभागले आफ्नै अनलाइन पोर्टलबाट केन्द्रीय प्रदेश र संघका बिबिध तथ्यांकहरु उपलब्ध गराउँदा तथ्यगत विवरणहरु लिन सर्वसाधारणलाई सहज हुने छ।

तथ्यांकहरुको बिवरण सबैले सजिलै लिन सकुन् भनेर नै साइटको विकास गरिएको महानिर्देशक  अर्यालको भनाई छ।

तथ्यांक बिभाग

विशेष