News Technology व्यापार अर्थ कर्पोरेट ओटोमोबाइल

 हुण्डाई गाडी अब नेपालमै बन्ने, वार्षिक ८ हजार उत्पादन दिने 

 हुण्डाई गाडी अब नेपालमै बन्ने, वार्षिक ८ हजार उत्पादन दिने 

काठमाण्डौ । बहुचर्चित कोरियाली कम्पनी हुण्डाईका गाडी अब नेपालमै उत्पादन हुने भएको छ ।

स्वदेशमै गाडी उत्पादन गर्ने उद्देश्यले नेपालका लागि हुण्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न एसेम्बल कम्पनी खोल्नेगरी उद्योग विभागमा उद्योग दर्ता गराएको हो । 

 

कम्पनीले नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ६ मा उद्योग रहने गरी उद्योग विभागमा कम्पनी दर्ता गराएको छ । 
हाल यो कम्पनीले नेपाली बजारमा हुण्डाई ब्राण्डका गाडीहरुको कारोबार गर्दै आइरहेको छ । 

 

यसअघि कोरियाकै अर्को कम्पनी मोट्रेक्सले नेपालमा गाडी उत्पादनको लागि प्रत्यक्ष वैदेशिक लगानी अर्थात एफडीआई भित्राउन अनुमति पाएको छ । उसले १० अर्ब रुपैयाँको वैदेशिक लगानी भित्राउन लगानी बोर्डको बोर्ड बैठकबाट अनुमति पाइसकेको छ  । तर उसले आफूले उद्योग स्थापना गरेपछि सात वर्षसम्म अरु गाडी कम्पनीलाई अनुमति दिन नहुने अडान राखेको थियो । उसको प्रस्ताव अस्वीकृत भएपछि अरु गाडी कम्पनीले पनि नेपालमा पाटपूर्जा बनाउन र विदेशबाट इन्जिन ल्याएर गाडी तयार गर्न उद्योग खोल्न लागेका हुन् ।

 

अहिले गाडी उत्पादनको लागि कम्पनी दर्ता गरेको लक्ष्मी मोटर्सले वार्षिक आठ हजार गाडी उत्पादन गर्ने जनाएको छ । सुरुमा उसले पाँच अर्ब १० करोड रुपैयाँ लगानी गर्ने जनाएको छ । 

हुण्डाई

विशेष