नेपालका मदरसाको तार पाकिस्तानी आइएसआईतिर

नेपालका मदरसाको तार पाकिस्तानी आइएसआईतिर

 यी सबै सामग्रीहरू पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.com)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।


काठमाडौं । नेपालको तराई क्षेत्रका मदरसा व्यवस्थापनका लागि क्रियाशील गैरसरकारी संस्थाहरुमा रहस्यमय स्रोतबाट रकम भित्रिने गरेको दावी हुन थालेको छ । 

 

भारतीय समाचार संस्थाहरुले त ठाडै पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआईको मद्यतमा नेपालमा मदरसा खुलेका र तिनमा अन्तर्राष्ट्रिय आतंकवादी संगठन लस्कर–ए–तैयबाले आधार बनाउन लागेको जिकिर गर्दै आएका छन् । 

 

भारतका निजी सञ्चारमाध्यमहरुमा अतिरञ्जनापूर्ण सामाग्री बढी सम्प्रेषण हुने भएका कारण त्यस्ता समाचारलाई आधार बनाएर नेपालमा विचारविमर्श खासै भएन । तर पछिल्लो समय नेपालका विज्ञ, नेता र विश्लेषकहरुले समेत यो विषयमा गम्भीर हुनुपर्ने आवश्यकता औंल्याएका छन् । 

 

पाकिस्तानी गुप्तचर एजेन्सीको सहयोग र आतंकवादी संगठनको लगानीमा तराईमा खुलेका संगठनहरुमा युवाहरुलाई समेटिएको विषय यतिबेला अझै सशक्त भएर आएको छ । रणनीतिक मामिलाका जानकार अरुणकुमार सुवेदी भन्छन्, ‘नेपालका मुसलमान अगुवाहरुको तार पाकिस्तानी र बंगलादेशी आउटफिटसँग जोडिने गरेको छ । यस्ता अगुवाहरुको रहस्यमय हत्यामा भारतको तार जोडिन्छ ।’

 

दक्षिण एसियामा संदीग्ध क्रियाकलाप गर्ने समूह र संगठनको सम्बन्ध नेपालका मदरसामा रहेको जानकारहरु दावी गर्छन् । रणनीतिक मामिलाका जानकार सुवेदीका अनुसार नेपालका मदरसामा कतार र साउदी अरबबाट स्रोत आउने गरेको छ । श्रीलंकामा हालै भएको आतंकवादी हमलामा इस्लामिक स्टेटले जिम्मेवारी लियो । नेपाली युवाहरुलाई पनि प्रभावमा पारेर आतंकवादी संगठनले नेपाल वा छिमेकीविरुद्ध प्रयोग गर्ने सम्भावना पनि छ । सुवेदी यस्तो चुनौतीको सामना गर्न नेपाल तयार हुनुपर्ने बताउँछन् । 

 

७५ असोजमा सुनसरीको हरिनगरामा मुस्लिम अगुवा खुर्सिद अन्सारीको गोली हानी हत्या गरियो । खुर्सिदको परिवारलाई नेपाल सरकारले राहत स्वरुप १० लाख दियो । उनलाई शहीद घोषणा पनि गरियो । नेपालमा शहीद घोषणा गरिएका खुर्सिदलाई भारतीय प्रहरीले ‘वान्टेड’ सूचीमा राखेर खोजी गरिरहेको थियो । भारतीय दावीअनुसार खुर्सिदले इन्डियन मुजाहिद्दिनका सदस्यहरुलाई आरक्षण दिने गरेका थिए ।

 
त्यसअघि ७१ सालमा इन्डियन मुजाहिद्दिनका चार सदस्यहरु डा. सहनवाज, अबु रसिद, मोहम्मद खनिद र सलमान शेखले नेपाली पासपोर्ट लिएको भारतले बताएको थियो । 

 

नेपालका मुस्लिम अगुवा÷उद्यमीहरुको हत्याको शृंखला ५५ सालमा मिर्जा दिल सादवेगबाट शुरु भएको मान्न सकिन्छ । त्यसपछि ६६ सालमा अब्दुल मजिद मनिहार, सौकत अलि बेग, जमिम शाह, ६८ सालमा फैजान अहमद, ७० सालमा अफताव आलम अन्सारीको हत्या भयो । ६६ सालमा सञ्चारउद्यमी युनुस अन्सारीमाथि गोली प्रहार गरियो । तर उनको ज्यान बच्यो । यिनीहरु भारतीय नक्कली नोटको कारोबारमा संलग्न, मदरसा विस्तारमा संलग्न, दाउद इब्राहिमसँगको निकटता, पाकिस्तानी जासुसी सयन्त्रसँग सम्बन्ध भएको, भारतको आतंकवादलाई सहयोग गरेको जस्ता आरोपमा मुछिएका थिए ।


  
बर्माबाट लखेटिएका रोहिंग्या शरणार्थीहरुले अहिले काठमाडौंमै क्याम्प खडा गरेका छन् । उनीहरुलाई तालिम दिएर मौलवी बनाउने र तराईका मदरसामा पठाउने काम भइरहेको दावी गरिन्छ । यसमा पनि विदेशी रकम अवैध रुपमा प्रयोग भइरहेको बताइन्छ । 

 

पूर्वी तराईलाई आधार क्षेत्र बनाएर ३० वर्षदेखि राजनीतिमा क्रियाशील बहुल संघीय समाजवादी पार्टीका अध्यक्ष किशोरकुमार विश्वास पनि सुनसरीको भुटाहा, सिमरियालगायत गाउँलाई संदीग्ध मुस्लिम संगठनहरुले आधारक्षेत्र बनाएका छन् । नेपालमा बंशजकै नागरिकता सस्तोमा खरिद गर्न पाइने भएका कारण उनीहरुले नेपालको पासपोर्ट बनाउने र विभिन्न देश पुग्ने गरेका छन् । 

 

नेपालमा मुस्लिम आतंकवादी संगठनको क्रियाकलाप बढ्यो भनेर चिन्ता पनि गर्ने र कौडीको भाउमा नागरिकता पनि बिक्री गरिरहने हो भने यस्तो समस्या बढ्दै जाने अध्यक्ष विश्वास बताउँछन् । उनी भन्छन्, ‘नेपालमा विदेशीहरु मन्त्री भएका छन् । विभिन्न आयोगमा पनि विदेशीहरु अध्यक्ष भइसके । कहाँ कहाँबाट नेपाल पसेर नागरिकता लिने थिति रहेसम्म हामी क्षेत्रीय शान्तिमा कसरी योगदान पु¥याउन सक्छौं ?’

 

विश्वासको मतअनुसार सुनसरीको सिमरियाबाट तीन जना आतंकवादीले वंशजकै नागरिकता लिएका थिए । नेपालमा नागरिकता लिने, पासपोर्ट बनाउने अनि भारत, श्रीलंकामा गएर बम पड्काउन थाले भने के गर्ने ? यसकारण यस्तो क्रियाकलाप रोक्न नागरिकता वितरणमा गम्भीर हुन पर्छ । 

संम्बधित खबर

विशेष