News

सगरमाथाको बेस क्याम्पमा ४ शव फेला

सगरमाथाको बेस क्याम्पमा ४ शव फेला

काठमाडौं । सगरमाथाको बेस क्याम्पमा सफाइ गर्ने क्रममा ४ वटा शव फेला परेको छ । अभियानअन्तर्गत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले ४ वटा शव फेला परेको जानकारी दिएको हो । बेस क्याम्प पुगेका सगरमाथा सफाई अभियानमा जुटेको टोलीले ४ वटा शव भेटिएको जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । वैशाख १ गतेदेखि सुरु भएको अभियान हाल सगरमाथाको बेस क्याम्पमा पुगेको छ । 

 

अभियानबाट अहिलेसम्म ३ हजार किलो फोहोर संकलन गरिएको र त्यसमध्ये करिब १ हजार किलो फोहोर हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको मन्त्रालयले जानकारी गराएको छ । अभियानले ४५ दिनभित्र सगरमाथाको फोहोर संकलन गरी सक्ने लक्ष्य राखेको छ । सफाई अभियानमा १२ जना जनशक्ति परिचालन गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि करिब २ करोड ३२ लाख लाग्ने अनुमान गरिएको छ ।

सगरमाथा शव बेस क्याम्प

विशेष