बालिका बलात्कार आरोपमा उद्योग वाणिज्य संघका उपाध्यक्ष पक्राउ

काठमाडौं । १३ वर्षकी बालिका बलात्कार गरेको आरोपमा लमजुङको सुन्दरबजार नगरपालिका, ९ भोटेवडारका ४० वर्षीय शम्भुलाल श्रेष्ठ पक्राउ परेका छन् । गत मंगलबार बालिकालाई घुम्न जाउँ भनेर फकाउँदै सुन्दरबजार नजिकै रहेको विद्युत गृहको ड्याममा लगेर बलात्कार गरेको अभियोगमा श्रेष्ठ पक्राउ परेका हुन् । उनी भोटेवडार उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत हुन् ।
पीडित बालिकाले आमालाई भनेपछि पीडित परिवारले प्रहरीलाई उजुरी दिएका थिए । उजुरीपछि श्रेष्ठलाई प्रहरीले सिउँडीबारबाट गत बुधबार पक्राउ गरेको लमजुङका डिएसपी यादव ढकालले बताए ।
बालिका बलात्कार