विदेश

मतगणनाको थकानले इन्डोनेसियामा २७० कर्मचारीको मृत्यु 

मतगणनाको थकानले इन्डोनेसियामा २७० कर्मचारीको मृत्यु 

एजेन्सी । इन्डोनेसियामा हालै सम्पन्न निर्वाचनको मतगणनाका क्रममा २७० भन्दा बढी कर्मचारीको मृत्यु भएको छ। लाखौँ मतपत्र हातैले गणना गर्ने क्रममा थकानका कारण उनीहरुको मृत्यु भएको हो। अधिकांश पीडित अस्थायी कर्मचारी हुन्।  

 

१७ अप्रिलमा सम्पन्न निर्वाचनको पर्यवेक्षण र मतगणनामा ७० लाख व्यक्ति खटिएका थिए । २६ करोड जनसंख्या भएको इन्डोनेसियामा पैसा जोगाउन एकैदिन राष्ट्रपति, केन्द्रीय तथा क्षेत्रीय संसदको निर्वाचन भएको थियो। सरकारले मतगणनाका क्रममा मृत्यु भएका कर्मचारीका आफन्तलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ। प्रत्येक मृतकका आश्रित परिवारलाई २५ सय डलरका दरले क्षतिपूर्ति दिने सरकारको तयारी छ।

इन्डोनेसिया निर्वाचन

विशेष