श्रीमती हत्या अभियोगमा श्रीमानसहित ३ जना पक्राउ

कपिलवस्तु । श्रीमतीको हत्या गरेको अभियोगमा कपिलवस्तुबाट प्रहरीले श्रीमानसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बाणगंगा नगरपालिका ८ बालापुरमा हत्या गरी फालिएको अवस्थामा २१ वर्षीया सुनिता थारुको शव भेटिएपछि श्रीमान सुरेश थारुसहित ३ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले जानकारी दिए । शव सोमबार बिहान घर नजिकैको वाणगंगा खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
कपिलवस्तु पक्रा