News अपराध सुरक्षा

आफ्नै बहिनीको शव बोरामा बोकेर हिडेका दुई दाजुभाइ पक्राउ

आफ्नै बहिनीको शव बोरामा बोकेर हिडेका दुई दाजुभाइ पक्राउ

काठमाडौं । आफ्नै बहिनिको शव बोरामा बोकेर हिँडेका २ जना दाजुभाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ४० वर्षीया देवी साह र २६ वर्षी दिगन साह रहेका छन् ।

गएराति गस्तीमा खटिएको प्रहरीले चितवनको भरतपुर महानगरपालिका स्थित गणेश चोकमा शव बोकेर हिँडीरहेका बेला उनीहरुलाई पक्राउ गरेको हो ।

 

प्रहरीले चेकजाँच गर्ने क्रममा बोरा भित्र किशोरीको शव भेटेको थियो । घटनाबारे थप अनुसन्धान गर्दा उक्त शव अरु कसैको नभएर उनीहरुकी बहिनी १७ वर्षीया परिकुमारी साहको भएको खुल्न आएको प्रहरीले बताइएको छ । 

बहिनीले सलको पासो लगाएर आत्महत्या गरेको र दाहसंस्कारका लागि लैजान लागेको बयानका क्रममा दाजुभाइले बताएका छन् । 

 

दाससंस्कारका लागि दुइजना दाजूभाई मात्र हिँडेकाले शंका उत्पन्न भएको भन्दै प्रहरीले दाजुभाइलाई पक्राउ गरि आवश्यक छानविन अगाडी बढाएको छ।

भरतपुर महानगरपालिका

विशेष