News विदेश अपराध सुरक्षा

श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध

श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध

काठमाडौं । श्रीलंकामा महिला पुरुष सबैका लागि मुश्लिम पोशाक बुर्का लगाउन प्रतिबन्ध लगाइएको छ । गत आइतबार भएको श्रृंखलाबद्ध आक्रमणपछि सरकारले देशभर मुहार ढाक्ने कपडा लगाउन प्रतिबन्ध लगाएको हो।

 

श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले राष्ट्रिय सुरक्षाको खतरालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाएका छन्। उनका अनुसार मुश्लिम महिलाहरुका लागि समेत बुर्का लगाउन प्रतिबन्ध गरिएको छ।

सरकारले जारी गरेको आदेशमा भनिएको छ, ‘महिला पुरुष दुवैले सार्वजनिक स्थानमा हिँड्दा मुहार देखाएर हिँड्नु पर्नेछ।’

 

गत हप्ताको आइतबार इसाई धर्मावलम्बीको इस्टर पर्व लक्षित गर्दै श्रृंखलाबद्ध विस्फोट भएका थिए। ८ वटा आत्मघाती बम तीन चर्च र तीन पाँच तारे होटलमा आक्रमण भएको थियो। त्यसक्रममा २ सय ५० भन्दा बढीको मृत्यु भएको छ भने संयौं घाइते छन्।

 

आक्रमण पश्चात त्यहाँको सांसदहरुले आतंकवादीले मुहार छोपेर निर्दोष भएको नाटक गरेर आतंक मच्चाएको बताएका थिए।  अतिवादी पुरुषहरु महिलाको भेषमा बुर्का लगाउँदै आक्रमणमा संलग्न भएको आवाज उठेपछि सरकारले मुहार ढाक्ने कपडा नलगाउन आदेश थिएको हो।

 

यस घटनाको जिम्मा आतंकवादी संगठन इस्लामीक स्टेट आइएसले लिए पनि सरकाले यस दाबीलाई पुष्टि गरिसकेको छैन। 

सरकारले स्थानीय मुश्लिम अतिवादी समूह नेसनल तौहीद जमातलाई आक्रणको दोषी देखाएको छ। यस आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले अहिलेसम्म १ सय ५० जनालाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको छ। एजेन्सी

श्रीलंका

विशेष