दोस्रो दिन पनि घट्यो शेयर बजार, दुई दिनमा १५.९१ अंकको गिरावट

दोस्रो दिन पनि घट्यो शेयर बजार, दुई दिनमा १५.९१ अंकको गिरावट

काठमाडौं। सामान्य करेक्सन भनिएको शेयर बजारमा दोस्रो दिन पनि गिरावट आएको छ । लगानीकर्ताले नाफा बुक गर्दा दुई दिनमा १५.९१ अंकले बजार घटेको हो।

सोमबार ४.२१ अंकले घटेको शेयर बजारमा मंगलबार थप ११.७० अंकको गिरावट आएको हो । 

 

दुई महिनाको अवधिमा शेयर बजार २१४ अंकले सुधार हुँदा लगानीकर्ताहरुले नाफा बुक गर्न थालेका हुन्। यता शेयर बजार अझै सुधार हुने भन्दै बजार घट्दै गर्दा पनि केहि लगानीकर्ताले भने शेयर खरिद गरिरहेका छन्।

सोमबार शेयर बजार ११.७० अंकले घट्दा कारोबार रकम ९५ करोड रुपैयाँमा खुम्चिएको छ।

 

आइतबार ४ अंकले बजार घट्दा एक अर्ब १९ करोड रुपैयाँको कारोबार भएको थियो। दुई दिन लगातार बजार करेक्सन हुँदा कारोबार रकम ९५ करोड रुपैयाँमा खुम्चिएको छ।

आइतबार शेयर बजार २२ अंकले सुधार हुँदा एक वर्ष यताकै अधिकतम एक अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको थियो।

 

आगामी दिनमा शेयर बजार बढ्दो क्रममा रहने भन्दै साना तथा ठूला लगानीकर्ता बजार प्रवेश गरेका छन्। लामो समयदेखि निष्कृय लगानीकर्ताहरु समेत पछिल्ला दिनमा बजार प्रवेश गरिरहेको एक ब्रोकरले जानकारी दिए।

बजार बढ्ने संकेत देखिएसँगै पैसा कमाउने अवसरको खोजीमा रहेका लगानीकर्ताले क्षमता भन्दाबढी नै लगानी गरिरहेका छन्। साविक ४०/५० हजार रुपैयाँको कारोबार गर्ने लगानीकर्ताहरु करोड रुपैयाँभन्दा माथिको कारोबार गर्न थालेको एक ब्रोकरले बताए।

 

अल्पकालीन लगानीकर्तासँगै सस्तो मूल्यको शेयर खरिद गर्नका लागि दीर्घकालीन लगानीकर्ता समेत बजार प्रवेश गर्न थालेका हुन्।

नाफा बुक गर्ने क्रममा केही लगानीकर्ताले शेयर बेच्न थालेपछि बजार घटिरहेको छ। मंगलबार हाइड्रोपावरको सूचक ३.८२ प्रतिशतले सुधार भएको छ। गएका दिनमा हाइड्रोपावरको सूचक बढ्न सकेको थिएन।

शेयर बजार

संम्बधित खबर

विशेष