News

बालुवाटार जग्गामा कांग्रेस सभापति देउवा पनि मुछिए

बालुवाटार जग्गामा कांग्रेस सभापति देउवा पनि मुछिए

 काठमाडौं । ०४६ सालमा प्रजातन्त्रको पुनर्बहालीलगत्तै कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठन भएको अन्तरिम मन्त्रिपरिषद्ले १४ जेठ ०४७ मा निर्णय गर्‍यो, ‘०१७ सालपछि प्रजातन्त्रको पुनस्र्थापनाका लागि भएका संघर्षहरूमा संलग्न भएको कारणबाट विभिन्न व्यक्तिहरूको हरण भएको सम्पत्तिको विषयमा गृह मन्त्रालयले तदारुकताका साथ छानबिन गर्ने । साथै, सोही सिलसिलामा रोक्का रहेको विभिन्न व्यक्तिहरूको सम्पत्ति फुकुवा गर्ने ।’

२. भट्टराई मन्त्रिपरिषद्को दोस्रो निर्णय, ‘जफत भएकोमध्ये हदबन्दीभित्रको जग्गा मात्र फिर्ता गर्ने’
८ साउन ०४७ मा बसेको मन्त्रिपरिषद्को अर्को बैठकले कस्ता जग्गा फिर्ता गर्न सकिन्छ भनेर गृह मन्त्रालयलाई दिशानिर्देश गर्‍यो । बैठकले भन्यो, ‘जफत भएको घरजग्गा तथा अन्य सम्पत्तिमध्ये जग्गाको हकमा प्रचलित कानुनले दिएको हदसम्मको मात्र जग्गा फिर्ता गर्ने ।’

३. भट्टराई मन्त्रिपरिषद्को तेस्रो निर्णय, ‘हदबन्दीभन्दा माथिको जग्गा फिर्ता दिए भूमि ऐनको बर्खिलाप हुने’

३ भदौ ०४७ मा बसेको मन्त्रिपरिषद्को अर्को बैठकले जग्गा फिर्ताको प्रक्रियालाई थप व्याख्या गर्दै भन्यो, ‘तराईमा २८ बिघा, पहाडमा ९६ रोपनी र उपत्यकामा ५८ रोपनीभन्दा बढी जग्गा भएको देखिएमा हदबन्दी व्यवस्था लागू हुने भएकाले सो लागू नगरी सबै जग्गा फिर्ता दिएमा भूमिसम्बन्धी ऐनको बर्खिलाप हुने हुनाले राख्न पाउने हदसम्मको जग्गा रोजी राख्न दिने र हदभन्दा बढी जग्गाको मुआब्जा मात्र दिने ।’ मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी गृह मन्त्रालयलाई थियो । तर, भट्टराई मन्त्रिपरिषद्का गृहमन्त्री योगप्रसाद उपाध्यायका पालामा कुनै पनि छानबिन भएन । जेठमा पहिलो निर्णय भएको हो, तर एक वर्षसम्म सरकार रहे पनि निर्णय कार्यान्वयनमा गएन । भट्टराई नेतृत्वको सरकारले जग्गा फिर्ता पनि गरेन ।

 

५. गृहमन्त्री भएको एक वर्ष मौन बसेर देउवाले मालपोतलाई फाइल पठाए
निर्वाचनपछि १५ जेठ ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वमा सरकार बन्यो र गृहमन्त्रीको जिम्मेवारी पाए शेरबहादुर देउवाले । भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले दिएको कार्यादेशअनुसार गृह मन्त्रालयले छानबिन गरेको भए ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पुग्ने थिएन । किनकि, ललितानिवास बालुवाटारको २९९ रोपनी ९ आना तीन पैसा जग्गामध्ये सुवर्णशमशेर र कञ्चनशमशेरको भागमा परेको १४ रोपनी ११ आना जग्गा मात्र जफत भएको थियो । बाँकी २८४ रोपनी १४ आना ३ पैसा जग्गा सरकारले क्षतिपूर्ति दिई अधिग्रहण गरेको थियो । यसरी क्षतिपूर्ति दिएर सरकारले अधिग्रहण गरेका जग्गा फिर्ता गर्न मिल्दैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

शेरबहादुर देउवा नेपाली काँग्रेस बालुवाटार जग्गा

विशेष