विदेश

सुडानमा झडपका क्रममा १२ सैनिकको मृत्यु

सुडानमा झडपका क्रममा १२ सैनिकको मृत्यु

खारतुम। लामो समय सुडानको सत्ता सम्हालेका पूर्व राष्ट्रपति ओमार अल–बसिरको बहिर्गमनपछि विभिन्न स्थानमा भएका झडपका क्रममा १२ सुडानी सैनिकको मृत्यु भएको छ । एक सय भन्दा बढी घाइते भएको सङ्क्रमणकालीन सैन्य परिषद्ले मंगलबार जनाएको छ ।

 

सुडानको सङ्क्रमणकालीन अवस्थामा कुनै पनि अस्तव्यस्तता हुन नदिनका लागि प्रमुख प्रतिपक्षी शक्तिहरूसँग परिषद्ले पुनः प्रतिवद्धता जनाएको छ । राजधानी खार्तूमस्थित सैनिक मुख्यालय अघि भइरहेको धर्नाका सहभागीलाई सेनाले हस्तक्षेप नगर्ने पनि परिषद्ले बताएको छ ।

 

सेनाले केही समय पहिले राष्ट्रपति बसिरलाई हटाई निर्वाचनमार्फत् आउने नेतृत्वलाई सत्ता हस्तान्तरण नहुँदासम्म देशमा शान्ति तथा अमन चयनको व्यवस्थाका लागि राजनीतिक जिम्मेवारी आफूले सम्हाल्ने बताएको छ ।

विशेष