विदेश

श्रीलंकामा अनुहार छोपिने कपडा लगाउन प्रतिबन्ध

श्रीलंकामा अनुहार छोपिने कपडा लगाउन प्रतिबन्ध

एजेन्सी । श्रीलंकाली सरकारले मुलुकमा अनुहार छोपिने खाले सबै प्रकारका कपडा प्रयोगमा प्रतिबन्ध लगाएको छ । शृंखलाबद्ध आत्मघाती विस्फोट भएको सातापछि सरकारले उक्त प्रतिबन्ध लगाएको हो । बीबीसीका अनुसार सोमबारबाट लागू हुने प्रतिबन्धमा मुस्लिम महिलाले लगाउने बुर्काको उल्लेख छैन ।

 

सरकारद्वारा विज्ञप्तिमा मानिस पहिचानका लागि अनुहार देखाउन भनिएको छ । प्रतिबन्धमा कुनै विशेष पहिरनको उल्लेख नगरिए पनि यो मुस्लिम महिलाले लगाउने बुर्का लक्षित भएको समाचार संस्था एएनआईले जनाएको छ ।

श्रीलंका कपडा बुर्का

विशेष