हुम्ला महामारीः ताँजाकोटमा झण्डै ६ सय विरामीको उपचार

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा रुघाखोकीको प्रकोप रोक्न गएको डाक्टरको टोलीले झण्डै ६ सय जनाको उपचार गरेको छ । आइतबार पुगेको डाक्टरको टोलीले शिविर चलाएर मंगलबार बिहानसम्म ५९२ जनाको उपचार गरेको हो । तर १० जनाको ज्यान जानेगरी फैलिएको रोग मौसमी रुघाखोकीको आशंका गरे पनि पुष्टि हुन नसकेको हुम्लाका प्रमुख जिल्ला अधिकारी धोकलराज ढकालले जानकारी दिए ।
ताँजाकोटको वडा नम्बर १, २, ५ र ८ मा रुघा लाग्ने, छाती दुख्ने लगायत समस्या देखिएका सैयौजनामध्ये १० जनाको ज्यान गएको हो ।
ताजाकोट गाउँपालिका हुम्ला