न्यायमूर्तिहरुको भागबन्डाः जंगबहादुरले पनि नगरेको दुस्साहस न्यायक्षेत्रमा अहिले भयो
काठमाडौं । भागबन्डाका आधारमा न्यायाधीशहरु सिफारिस भएपछि कानुन क्षेत्रका विज्ञहरुले असन्तुष्टि जनाएका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले कान्तिपुर दैनिकमा कुराकानी गर्दैै भनेका छन्ः
‘पछिल्लो सिफारिसले न्यायालयलाई खेलौना बनाउन खोज्यो । मैले सबैलाई दोष दिन खोजेको होइन । गुण र दोषका आधारमा विवेचना हुनुपर्छ । तर केही नामका कारण न्यायालयको बचेको साख पनि गिर्ने जोखिम भयो । जंगबहादुर राणाले समेत गर्न नसक्ने दुस्साहस भएको छ ।
न्यायपरिषदका अध्यक्ष एवं प्रधानन्यायाधीशले न्यायको दियो निभ्न दिने छैन भन्नु भएको थियो । तर यो सिफारिसले हामी सबै न्ययाकर्मीलाई लज्जित बनाएको छ ।’