प्रहरीबाटै प्रश्नपत्र आउट, दुई जवान नियन्त्रणमा
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ ।
घटना छानविन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुइै प्रहरी जवान ब्रम्हदेव सुनरैत र दीपेन्द्र कुमार मण्डललाई नियन्त्रणमा लिएको छ । यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य राखेका छन् ।
यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौं ।