News Breaking News अपराध सुरक्षा ओटोमोबाइल ताजा खबर प्रदेश ७

तनावग्रस्त बन्यो लम्की बजार, लाठ्ठी चार्ज देखि दर्जनौं सेल अश्रु ग्याँस प्रहार

तनावग्रस्त बन्यो लम्की बजार, लाठ्ठी चार्ज देखि दर्जनौं सेल अश्रु ग्याँस प्रहार

काठमाडौं। कैलाली जिल्लाको लम्की बजार तनावग्रस्त बनेको छ । मंगलबार बिहान ट्रकले ठक्कर दिँदा एकजना छात्राको मृत्यु भएपछि शुरू भएको प्रदर्शनले उग्ररुप लिँदा लम्की बजार अस्थव्यस्त भएको हो ।

 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९२३३ नंबरको ट्रकले ठक्कर दिँदा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनिता रावलको मृत्यु भएपछि विवाद शुरु भएको थियो ।

आफन्त र विद्याथीको विरोधले उग्ररुपलिएपछि बजारमा झडप भएको छ । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जनौं सेल अश्रु ग्यास हानेको छ ।

 

प्रदर्शनका क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन् । प्रदर्शन नियन्त्रणमा लिन बाक्लो मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

स्थिति नियन्त्रण बाहिर जान नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताएका छन् ।

 

प्रहरीले ट्रक चालक सुनील भण्डारीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताए पनि स्थानीय भने प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले ट्रक तोडफोड गर्नुका साथै सडकसमेत बन्द गराएका छन् ।

चालकको लापरवाहीले ज्यान गएकाले दोषीमाथि कडा कारबाही गर्नुका साथै मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनकारीहरूले राखेका छन् । 

कैलाली

विशेष