News

रित्तै हात आए, धुलोमात्रै उडाएर गए

रित्तै हात आए, धुलोमात्रै उडाएर गए

बारा । बारा र पर्साका हुरीपीडित यति बेला उद्धार र राहतको पर्खाइमा छन् । तर आहतलाई राहत दिनुको साटो प्रधानमन्त्रीदेखि प्रमुख दलका शीर्ष नेता बारा र पर्साको स्थलगत भ्रमणमा व्यस्त छन् । 

 

प्रधानमन्त्रीदेखि शीर्ष नेताहरुको निरीक्षण प्रतिस्पर्धाले राहत र उद्धा असहज बनाएको छ । पहिलो चरणको उद्धार र राहतको काम सकिन नपाउँदै प्रधानमन्त्रीदेखि शीर्ष नेताहरुको लगातारको आउजाउले सुरक्षकर्मीको प्राथमिकता पनि बाँडिन पुगेको छ । 

 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको जनशक्ति आइतबार रातभरि उद्धारमा खतिएको थियो । तर सोमबार प्रधानमन्त्रीलगायत शीर्ष नेताहरु यस क्षेत्रमा आउन थालेपछि उनीहरुको प्राथमिकता उद्धार  राहतमा मात्र केन्द्रीय हुन पाएन । कारण थियो प्रधानमन्त्रीसहितका शीर्ष नेताको सुरक्षामा परिचालित हुनु परेको अवस्था । 

 

हुरीपीडित शिवशंका यादवले बिहानैदेखि नेताहरुको लाइन लागे पनि राहत नपाएको गुनासो गरे । ‘हेर्न  सोध्नलाई धेरै मान्छे आए तर कसैले केही दिएनन्’ यादबले भने, ‘सबैले उल्टो धुलो उडाएर गए ।’

 

यो समाचार हामीले नागरिक दैनिकबाट लिएका हौं  । 
 

विशेष