News

भ्रष्ट आरोपी डोलिन्द्र शर्माको कर्तुत सञ्चालक समितिले खोज्ने 

भ्रष्ट आरोपी डोलिन्द्र शर्माको कर्तुत सञ्चालक समितिले खोज्ने 

काठमाडौं । साझा प्रकाशनका तत्कालीन अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्मामाथि छानविन हुने भएको छ । प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक हुँदा अनियमितता गरेको आरोप लागेका शर्मामाथि सञ्चालक समितिले छानविनको तयारी गरेको छ । 

 

अनियमितताको आरोपमा शिक्षामन्त्रालयबाट बर्खास्तमा परेका शर्मासँग सञ्चालक समितिले हित विपरीत काम गरेको भन्दै फागुन २८ मा स्पष्टिकरण सोधेको थियो । बर्खास्त हुने डरले शर्माले स्पष्टीकरण नबुझाई महाप्रबन्धकबाट राजीनामा दिएका थिए । 

 

उनको राजीनामा स्वीकृत भइसकेको छ । राजीनामा स्वीकृत गरेको सञ्चालक समितिले उनले संस्थामा परेको अनियमितता बारेमा पनि छानविन गर्न लागेको एक सञ्चालक सदस्यले बताए । 
नागरिक दैनिकबाट 
 

विशेष