News

आज मध्य तथा पश्चिमी क्षेत्रमा हावाहुरिसहित क्षणिक वर्षाको सम्भावना

आज मध्य तथा पश्चिमी क्षेत्रमा हावाहुरिसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबार देशको पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी भू-भागका एक दुई स्थानमा मेघ गर्जनका साथ हावाहुरिसहित क्षणिक वर्षाको संभावना देखिएको जनाएको छ। बुधबार निकाले तीनदिने नियमित बुलेटिनमा देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने उल्लेख छ।

 

बुधबार राति पनि पूर्वी क्षेत्र र मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने र पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ। महाशाखाले निकालेको बुलेटिनमा आगामी तीन दिन देशका पूर्व, मध्य र पश्चिमी क्षेत्रमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने प्रक्षेपण महाशाखाले जनाएको छ।

 

त्यसैगरी आइतबार साँझ हावाहुरीका कारण प्रवाभित भएको क्षेत्रको अनुगमनका लागि आज मौसमविद्हरूको टोली बारा र पर्सा जाने भएको छ। महाशाखाकी मौसमविद् अर्चना श्रेष्ठ र सुजन सुवेदीसहितको टोली बिहान बाराको लागि प्रस्थान गरेको मौसमविद् विभूती पोखरेलले जानकारी दिइन्।

 

टोलीले हुरी प्रभावित क्षेत्रमा गएर घटनाको अध्ययन गर्ने र पीडित र स्थानीय प्रशासनसँग छलफल गर्ने कार्यक्रम छ। यो अध्ययनले हावाहुरीको प्रकोपबाट हुन सक्ने क्षति कम गर्न सहयोग पुग्ने विभागले जनाएको छ।

मौसम मौसम पूर्वानुमान महाशाखा

विशेष