News

पूर्वराजा ज्ञानेन्द्रको पूर्व–तराई ‘मिसन’ फेरि शुरु

हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा

पूर्वराजा ज्ञानेन्द्रको पूर्व–तराई ‘मिसन’ फेरि शुरु

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विभिन्न नेतासँग पुनः भेट सुरु गरेका छन् । यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा रहेका उनले बुधबार इलाममा पूर्वपञ्च, स्थानीय राजावादी, राप्रपाका नेतासँग भेट गरेका हुन् । 

 

उनी इलामस्थित होटल समिटमा बस्दै आएका छन् । त्यहाँको कहलिएको उक्त होटल पोखराबाट ढुंगा लगेर बनाइएको हो । भेटका क्रममा अधिकांस नेताले हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो धारणा राखेका थिए । ‘भेटका क्रममा सबैले पुर्वराजाका हैसियतले राजतन्त्रको विषयमा बोल्नुपर्ने धारणा राखेका थिए–स्रोतले भन्यो ।

 

उनले करिब चालिसजना भन्दा बढीलाई भेटेको बताइन्छ । सबैको कुरा सुनेपछि आफ्नो छोटो धारणा राखेको उक्त गोप्य र सामुहिक भेटमा निजी सचिव सागर तिमल्सिनासमेत थिए । यो खबर आजको नेपाल समाचारपत्रबाट लिइएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाह

विशेष