आज उपत्यकालगायत देशका पूर्वी र पश्चिमी भेगमा मेघ गर्जनसहित वर्षा हुने
काठमाडौं : काठमाडौ उपत्यकासहित देशका पूर्वी र पश्चिमी भेगका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने संभावना रहेको छ। बिहीबार दिउँसो काठमाडौ उपत्यकासहित पूर्वी र पश्चिमका धेरै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायुको न्यूनचापीय प्रणालीको सक्रियताका कारण पानी पर्न लागेको महाशाखाकी मौसमविद् मन्जु बासीले बताइन्। देशका पूर्वी र मध्य भेगका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात पनि हुने उनको भनाइ छ।
काठमाडौं उपत्यकाको तापक्रम भने बढेको छ। गएरातिदेखि नै काठमाडौं उपत्यकाको आकाश बादलले ढाकेकाले तापक्रम बढेको हो। उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलब २ डिग्री सेल्सियस मापन भएको मशाशाखाले जनाएको छ। दिउँसो तापक्रम बढेर २३ देखि २५ डिग्री पुग्ने महाशाखाको अनुमान छ।
महाशाखाले निकाले तीनदिने बुलेटिनमा पनि देशको पूर्वी र मध्य भू-भागलगायत पश्चिमी पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदली रहने उल्लेख छ । त्यस्तै उच्च हिमाली भू-भागहरूका एक-दुइ स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाको पूर्वानुमान छ।
मौसम