नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि प्रधानमन्त्रीकाे सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल सम्पन्न
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मूख्यमन्त्रीहरु छलफल गरेका छन् । आज विहान भएको भेटघाट तथा छलफलका कार्यक्रममा प्रधानमन्त्रीले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा छलफल गरेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले आर्थीक नीति कार्यक्रम र बजेटका बिषयमा योजना बनाउँदा स्थानीय,प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिने गरि योजना बनाउनु पर्ने भन्दै मुख्यमन्त्रीहरुलाई सचेत गराएका छन् ।
“कार्यक्रमहरु नदोहोरिउन भनेर स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नु पर्दछ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नु पर्दछ ” प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै १ नं प्रदेशका मूख्यमन्त्री शेरधन राईले भने ।
बैठकमा प्रधानमन्त्री ओलीले अन्तर प्रदेश समन्वय परिषद अघिल्लो बैठकले पास गरेका २९ बुंदाको कार्यन्वयन तदारुकताका साथ गरिने पनि बताए ।
यसै अबसरमा प्रधानमन्त्री ओलीले आँधी पीडित बारा र पर्साका बासिन्दालाई राहात र पुनस्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।