युवा संघका एक सय जना हुरीबतासप्रभावित क्षेत्रमा स्वयंसेवा गर्दै
काठमाडौं । हुरीबतास प्रभावित क्षेत्रमा एक सय जनाको टोली लिएर युवा संघ नेपाल स्वयं सेवामा खटिएको छ ।
युवा संघका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष किरण पौडेल, उपाध्यक्ष पर्शुराम बस्नेतनेतृत्वको टोली हुरीप्रभावित क्षेत्रमा खटिएको छ । घरहरुको भग्नावशेष हटाउने, राहत वितरण गर्ने, जनजीवन सामान्य बनाउन सहयोग गर्ने उद्देश्यले युवा संघको ठूलो टोली बुधबार घटनास्थलमा पुगेको थियो ।
युवा संघका नेताकार्यकर्ताहरु यसअघि विनाशकारी भूकम्पको बेला पनि यसै गरी राहत र उद्धारमा खटिएको थियो ।
हुरिबतासपीडितहरुका लागि घर बनाउने जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । अस्थायी टहरा सशस्त्र प्रहरीले निर्माण गरिरहेको छ । गएको आइतबार आएको हुुरीबतासमा २ हजार भन्दा बढी घरहरु प्रभावित भएका छन् । घटनामा २९ को मृत्यु भएको छ ।