News अर्थ

निगमको कर्मचारी बोनस खातामा तीन अर्ब रुपैयाँ जम्मा

निगमको कर्मचारी बोनस खातामा तीन अर्ब रुपैयाँ जम्मा

काठमाडौं । नेपाल आयत निगमले यो वर्ष कर्मचारीका लागि पौने पाँच करोड रुपैयाँभन्दा बढी बोनसको व्यवस्था गरेको छ । पेट्रोलियम पदार्थ कारोबारमा एकाधिकार रहेको निगमले आर्थिक वर्ष ०७४/०७५ मा गरेको खुद नाफाको एक प्रतिशतले हुन आउने चार करोड ७९ लाख ६३ हजार आठ सय ४५ रुपैयाँ विनियोजन गरेको हो ।

 

निगम सञ्चालक समितिको अध्यक्ष तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा बिहीबार सम्पन्न ३७ औँ वार्षिक साधारणसभाले प्रतिवेदन पारित गरेको छ ।

 

आर्थिक वर्ष ०७५ ७५ सहित नेपाल आयल निगमको कर्मचारी बोनस खातामा तीन अर्ब १८ करोड २३ लाख १३ हजार रुपैयाँ जम्मा भएको छ । सरकारले गत चार आर्थिक वर्ष निगमका कर्मचारीलाई बोनस बाँड्न रोक लागएको पनि निगमले सो शीर्षकमा रकम छुट्याउन छाडेको छैन । यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

नेपाल आयल निगम बोनस

विशेष