News

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको दृष्टिमा नेपालको हुरीबतासः ‘पूरै गाउँ शोकमा, अरुका लागि रमाइलो गर्ने उत्सव’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको दृष्टिमा नेपालको हुरीबतासः ‘पूरै गाउँ शोकमा, अरुका लागि रमाइलो गर्ने उत्सव’

काठमाडौं । गत आइतबार बारा र पर्सामा ठूलो धनजनको क्षति गर्दै गएको हुरिबतासबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले फरक फरक कोणबाट समाचार सम्प्रेषण गरिरहेका छन्  । अलजजिराले लेखेको छ, ‘नेपालको हुरीबतासमा पूरै गाउँ शोकमा डुबेको छ । तर केहीका लागि यो उत्सव बनेको छ ।’

 

अलजजिराको कभरेजमा मानिसहरु हुरीप्रभावित क्षेत्रमा जाने सेल्फी खिच्ने, पीडितहरुको फोटो खिच्ने र केही शिक्षालयहरुले आफ्ना विद्यार्थीहरुलाई विपदको दृश्य कस्तो हुन्छ भनेर घुमाउन ल्याएको समेत उल्लेख छ । 

 

पीडितहरुले भनेका छन्, ‘हामी क्यामेराबाट दीक्क भइसकेका छौं । हाम्रो वास्तविक पीडा कसैले बुझ्दैन । अरुको लागि त हाम्रो विपद् उत्सव जस्तो भएको छ ।’

 

गएको आइतबारको हुरीबतासमा परेर २९ को ज्यान गएको थियो । विपदमा करिब ४ सय मानिसहरु घाइते भएका छन् । करिब २ हजार घर क्षतिग्रस्त छन् । 
 

विशेष