परिवार दलले दियो १७० परिवारलाई सोलार बत्ती
काठमाडौं । नेपाल परिवार दलले बाराका हुरीबतासपीडित १७० परिवारलाई सोलार बत्ती वितरण गरेको छ । पार्टीका अध्यक्ष एकनाथ ढकाल नेतृत्वको टोलीले बिहीबार देवताल गाउँपालिकाका पीडितहरुमा सोलार बत्ती वितरण गरेको हो ।
सो अवसरमा युनिसेफ, राधेराधे धामलगायत संस्थाहरुले वितरण गरेको राहत कार्यक्रममा पनि अध्यक्ष ढकाल सहभागी भए । अध्यक्ष ढकालले विपतमा परेका नेपाली दाजुभाईहरुसँग आफूसधै साथमा रहेको उल्लेख गरे । ढकालले देशको जुनसुकै कुनाका नेपाली विपतमा परे पनि सबै नेपाली एक भएर सहयोगको हात बढाउनु पर्ने विचार पनि राखे । पूर्वमन्त्रीसमेत रहेका ढकालले तीनै तहका सरकार, सुरक्षा अंगहरू र विभिन्न संघ÷संस्थाले राहत तथा उद्धारमा देखाएको योगदानलाई कदर गर्दै भबिष्यमा पर्न सक्ने प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न बेलामै उचित साबधानी अपनाउन पनि सरोकारवाला हरुलाई सुझाब पनि दिए ।
नेता ढकालसँगै पार्टीका महामन्त्री विनोद डाँगी, प्रवक्ता सन्तोषकुमार पौडेल, सभासद मिलन राजवंशी, बाराका परिवार दलका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, पर्साका परिवार दलका जिल्ला अध्यक्ष पल्टनप्रसाद पटेल तथा नेकपाका पूर्वसांसद प्रह्लाद लामिछानेलगायत दर्जनौ सुभ चिन्तक तथा कार्यकर्ताहरु सामेल थिए ।
परिवार दलले हुरिबतास गएको भोलिपल्टै नगद ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको थियो ।