ट्रक पल्टिएर भ्यानलाई किच्दा सानेपामा २ जनाको मृत्युः एक घाईते

काठमाडौं । ललितपुरको सानेपामा ट्रक्र पल्टिएर भ्यानलाई किच्दा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।
शुक्रबार बिहान ना १ घ ५३३ नम्बरको ट्रक पल्टिएर बा ७ च २१३१ नम्बरकाे भ्यानलाई किचेको हो ।
उक्त दुर्घटनामा परि दोलखा ठूलोपाखरका भ्यान चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पाको मृत्यु भएको छ । घटना लगत्तै अस्पताल पु¥याइएका सुनार र शेर्पाको उपचारको क्रममा जावलाखेल स्थित अल्का अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकी धनुषा घर भई ललितपुरको बुङ्गमती बस्दै आएकी स्मृती मगरको भने मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।