News अर्थ

नुवाकोट उद्योग बाणिज्य संघको निर्वाचन भोली हुँदै, कांग्रेस र प्रगतिशिल प्यानलबीच कडा प्रतिष्पर्धा हुने

नुवाकोट उद्योग बाणिज्य संघको निर्वाचन भोली हुँदै, कांग्रेस र प्रगतिशिल प्यानलबीच कडा प्रतिष्पर्धा हुने

नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचन भोलि चैत २३ गते हुँदैछ । संघको १०औं निर्वाचनका लागि कांग्रेस र प्रगतिशिल समूह गरि दुई प्यानल चुनाबी मैदान उत्रिएका छन् । 

 

कांग्रेसका तर्फबाट नुवाकोट उद्योग वाणिज्य संघमा एक कार्यकाल पुरा गरिसकेका पूर्व–अध्यक्ष ताराबहादुर कार्की पुनः मैदानामा उत्रिएका छन् भने प्रगतिशिल व्यवसायिक समूहको नाममा एकै ठाउँमा उभिएका व्यवसायीहरूले नुवाकोटका सहकारीकर्मी रमेश श्रेष्ठलाइ मैदानमा उतारेको छ । 

 

यो नुवाकोटको व्यवसायीको चुनाव भएपनि राजनीतिक रापतापले यसपटकको चुनावले निकै चर्चा पाएको छ । 
व्यवसायीको चुनावमा नेपाली कांग्रेसले संस्थागत रूपमै कांग्रेसको लेटरप्याडमा उम्मेदवार तोकेर निर्वाचनमा होमिएको छ भने व्यवसायीहरूले प्रगतिशिल पक्षधरहरूलाई समेटेर प्यानल बनाएको छ । 
व्यवसायीहरूको समूहलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले साथ दिएको छ । 

 

सहमतिको आधारमा नेतृत्व चयन गर्ने पूर्व सहमति भए पनि नेपाली कांग्रेसले हस्तक्षेप गरी विथोलेपछि संघको नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । 

यतिखेर नेतृत्व हात पार्ने दाउमा दुवै समूह रणनीति बनाएर लागेका छन । श्रेष्ठ र कार्कीको दुवै प्यानल मतदाताको मन जितेर आफ्नो पक्षमा मत लिने होडमा छन् । 

 

अघिल्लो निर्वाचनमा कार्कीसँग झिनो मतान्तरले पराजित भएका श्रेष्ठ व्यसायीहरूको नेतृत्व गर्दै पुनः मैदानमा आएका र कार्की यसअघि नै असफल भैसकेकाले यसपालिको नतिजा श्रेष्ठको पोल्टामा जाने निश्चित जस्तै भएको छ । 

संघको असफल नेतृत्व गरेका कार्कीलाइ नै पुनः उम्मेदवारको रूपमा अघि सारेको भन्दै कांग्रेस समर्थक नै असन्तुष्ट बनेका छन । अध्यक्षको रूपमा अलोकप्रिय बनेका कार्कीको विकल्पमा पार्टीले अर्को उम्मेदवार समेत दिन नसकेको भन्दै पार्टीभित्रै विरोध भैरहेको छ । 

 

कांग्रेसले व्यवसायीमात्रैबाट उम्मेदवार जुटाउन नसकेपछि विदुर नगरपालिकाको निर्वाचनमा उपमेयर पदमा पराजित भएकी गीता अमात्यलाइ वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनाएको छ । अमात्यले श्रेष्ठको व्यवसायीक प्यानलबाट संघकै पूर्व महासचिव समेत रहेका इन्जिनियर रामकृष्ण राजभण्डारीसँग प्रतिशपर्धा गर्ने छिन् ।

 

त्यस्तै प्रथम उपाध्यक्षमा कार्की प्यानलबाट राजेन्द्र श्रेष्ठ र श्रेष्ठ प्यानलबाट उसनमान श्रेष्ठवीच प्रष्तिपर्धा हुनेछ । द्वितीय उपाध्यक्षमा कार्की प्यानलका सन्तोष उप्रेती र श्रेष्ठ प्यानलबाट लिडर श्रेष्ठबीच घंसाघंसी हुने देखिएको छ । 
त्यस्तै श्रेष्ठ प्यानलबाट महासचिब दिपक कायस्थ र कार्की प्यानलबाट कृष्ण अधिकारी बिचमा प्रतिष्पर्धा हुनेछ । 

संघको १६ औं वार्षिक साधारणसभा तथा दशौं अधिवेशनले नुवाकोट उद्योग वाणिज्य संघमा ८ पदाधिकारीसहित २३ सदस्यीय कार्य समितिको चयन  गर्नेछ ।

नुवाकोट उद्योग बाणिज्य संघ

विशेष