News रोजगार

समायोजन पूरा गरेको दाबी गरिरहेकै बेला १० हजार कर्मचारीले मागे संशोधन

समायोजन पूरा गरेको दाबी गरिरहेकै बेला १० हजार कर्मचारीले मागे संशोधन

काठमाडौं । सरकारले कर्मचारी समायोजन पूरा गरेको दाबी गरिरहेकै बेला समायोजनमा जान तयार भएका १० हजार कर्मचारीले संशोधनको आवेदन दिएका छन्। कमर्मचारीले समायोजन संशोधन माग गर्दै करिब १० हजार चार सय जनाले गुनासो दर्ता गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

 

समायोजनमा परेका कर्मचारीको गुनासो सम्बोधन गर्न स्थापना गर्न स्थापना गरिएको ‘गुनासो सहयोगी कक्ष’मा समायोजन संशोधनका लागि कर्मचारीले आवेदन दिएका हुन्। समायोजन संशोनका लागि कर्मचारीलाई निवेदन दर्ता गराउन चैत २० गतेसम्म समयसीमा तोकिएको थियो।

 

समायोजन भएका कर्मचारीले संघमा रोज्दा स्थानीय तहमा समायोजन गरिएको समायोजनको फाराम भर्दा त्रुटि भएकाले समायोजनमा प्रभाव पारेको जस्ता गुनासा आएको मन्त्रालयका सहसचिव रूपनारायण भट्टराईले जानकारी दिए। यो खबर आजकझ नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

कर्मचारी

विशेष