News मुख्य समाचार

हवाई उडानका लागि दुई दिन अलिक कठिन मौसम : मौसमविद्

हवाई उडानका लागि दुई दिन अलिक कठिन मौसम : मौसमविद्

काठमाडौं । काठमाडौंमा शनिबार बिहानैबाट मेग गर्जनसहित हावाहुरी चलिरहेको छ । हावाहुरीसहित पानी पनि परिरहेको छ । पश्चिमी वायूको प्रभाव र न्यूनचापीय रेखा पश्चिमतिर सक्रिय रहेकाले मौसममा बदली आएको हो ।

 

मौसम पूर्वानुमान महाशाखाले दिएको नयाँ अपडेटमा 'देशका धेरैजसो स्थानहरूमा मेघ गर्जन तथा चट्टयांगसहित वर्षा गराउने बादल विकसित हुनुको साथै, काठमाडौं उपत्यका लगायत देशका धेरैजसो स्थानहरूमा मेघ गर्जन सहित वर्षा भइरहेको' उल्लेख छ। मौसममा आएको बदलीले दुई दिनसम्म हवाई उडानमा कठिन हुने अनुमान मौसमविद्ले गरेका छन्।

 

महाशाखाले केही दिन मौसम बदली कामय रहने जनाएको छ । प्रिमनसुन सक्रिय रहेकाले न्यून चापीय क्षेत्रको विकास तीव्र भएको महाशाखाले जनाएको छ । पश्चिमको सुख्खा वायुसँगै पूर्वको ओसिलो वायुसहितको बादल बन्ने क्रम जारी रहेकाले दुईदिन पानी रोकिँदै पर्दै गर्ने क्रम चल्ने मौसमविद् सुवास रिमालले जानकारी दिए । 

 

रिमालले भने, 'तराई, पहाड, हिमाली गरी सबै भेगमा उत्तिकै बदलिको सम्भावना छ, दुई दिनपछि भने दिनभरि टन्टलापुर घाम लागे पनि साँझतिर वर्षाको हुनसक्छ ।'  उनले हवाई उडानका लागि दुई दिन अलिक कठिन मौसम रहेको बताए। तर मौसम खुलेको समयमा छोटो दूरीका घरेलु उडान भने गर्न सकिने महाशाखाले जनाएको छ । 

 

मौसम

विशेष