News

सगरमाथाको दृष्य क्यानाडामा देखाइने

सगरमाथाको दृष्य क्यानाडामा देखाइने

काठमाडौं । नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नादिर पटेल एभरेस्ट बेसक्याम्पमा ट्रेकिङ गर्न लुक्ला प्रस्थान गरेका छन् । दिल्लीबाट काठमाडौं उत्रेका उनी शुक्रबार बिहान लुक्लातर्फ लागेका हुन् ।

 

लुक्लाबाट आधार शिविरसम्म ट्रेकिङ गर्ने सोचका साथ उनी त्यसतर्फ लागेको हुन् । विश्वकै अग्लो शिखरको काखमा दुई साता बिताउने र त्यो दृष्य क्यानडा पुर्‍याउने उनले बताए । ‘कैयन कूटनीतिक वार्ताभन्दा नेपाल भ्रमण वर्ष २०२० को लागि यो काइदा उपयोगी हुने मेरो विश्वास छ,’ उनले भने, ‘मलाई नेपाल मन पर्छ, त्यसैले म आइरहन्छु । मेरो परिवार पनि नेपालको कुरा सुन्दा उत्साहित हुन्छ ।’ यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

सगरमाथा

विशेष