News

असिना पानीका कारण हावाहुरीपीडित समस्यामा

असिना पानीका कारण हावाहुरीपीडित समस्यामा

बारा । बारामा आएको असिना पानीका कारण हावाहुरीपीडित समस्यामा परेका छन्।  जिल्लाको विभिन्न भागमा पानी र असिना पर्न सुरु गरेपछि हावाहुरीपीडित समस्यामा परेका हुन्। आइतबार बेलुका आएको हावाहुरीमा २८ जनाले ज्यान गुमाएका थिए भने करिव १९ सय घरमा क्षति पुगेको थियो।

 

हावाहुरीले क्षति पुगेको घरका परिवारहरुलाई बस्नका लागि समस्या भएको हो। सुरक्षित स्थानका लागि पीडितहरू छिमिको शरण लिन पुगेका छन्। तत्काल बस्नको लागि नेपाली सेनाले शुक्रबार बेलुकासम्म छ सय ५७ वटा टेन्ट निर्माण गरेको छ। टेन्टमा बस्दा पानी र हुरीको डरले त्रसित स्थानीय हुरीमा बचेका स्थानीयका घरमा शरण लिन बाध्य भएका हुन्।

 

हावाहुरी प्रभावित परिवारलाई राहत दिन र स्थायी बासको व्यवस्थामा खटेको सेनालाई अहिले मौसमका कारण काम गर्नमा समस्या भएको उपमहानगरपालिका १७ मा रहेका चन्दन गण गणपति कर्णेल पारस विक्रम शाहले बताए। हावाहुरीले गर्दा कलैया उपमहानगरपालिकामा ९० वटा, फेटा गाउँपालिकामा १८५ वटा, महागढीमाई नगरपालिकामा ८६ वटा, सुर्वण गाउँपालिकामा २४० वटा परवानीपुर गाउँपालिकामा ५४८ वटा र पचरौता नगरपालिकामा १७७ वटा घरहरु क्षति भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

हावाहुरी

विशेष