पूर्वराजदूत लक्की शेर्पा भन्छिन् : परराष्ट्रले बोल्नै दिएन
काठमाडौं । मानव तस्करको आरोप लागेपछि राजीनामा दिएकी अस्ट्रेलियाका लागि नेपाली पूर्वराजदूत लक्की शेर्पाले कूटनीतिक उच्च तहमा उब्जिएको गम्भीर मामलमा परराष्ट्र मन्त्रालयले एकपक्षीय र प्रायोजित मनसाय राखेर मौनता साधेको आरोप लगाएकी छन्।
राजदूत शेर्पाका निजी चालक बाङछु शेर्पाले दिएको उजुरीपछि विवादमा तानिएकी लक्कीमाथिका आरोपबारे छानबिन गर्न मन्त्रालयले विशेष समिति गठन गरे पिन त्यसको प्रतिवेदन सार्वजनिक गरेको छैन। 'चालक वाङछुका अनधिकृत गतिविधिसँगै उनले दूतावस छाडेर भाग्दासाथ गत वर्ष मंसिर ५ मै परराष्ट्र मन्त्रालयमा मैले सबै विषय अवगत गराएकी छु' शेर्पाले भनिन्।
उनले चालक वाङछु र उसकी श्रीमती फुल्मले अस्ट्रेलिया लैजाने भन्दै ६ जना नेपालसित २० लाख रुपैयाँभन्दा बढी ठगेको भन्नेबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान अघि बढाएको विषयमा राजदूत हुँदै आफूलाई भइसकेको बताइन्। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
लक्की शेर्पा