News

बारा-पर्सा हावाहुरी : ३ लाख राहत उठाउन ७ लाख खर्च

बारा-पर्सा हावाहुरी : ३ लाख राहत उठाउन ७ लाख खर्च

काठमाडौं । तपाईंसँग प्रशस्त पैसा छ। विपत्ति पीडितलाई सहयोग गर्न रहर छ। सोझै दिनुहुन्छ कि त्यो रकम खर्च गरेर अरूसँग थोरै दान माग्नुहुन्छ? ठूला विपत्तिसँगै चन्दा उठाउनेका अनेक विकृति देखिने गर्छन्। बारा घटनामा त्यस्तै पाइएको छ।

 

झन्डै एक महिना लगाएर ३ लाख रुपैयाँ उठाउने लक्ष्यसहित ‘हितेरी’ नामक संस्थाले ठूलो विज्ञापन छापेको छ। त्यसलाई उसले करिब साढे ७ लाख रुपैयाँ तिर्नुपर्छ। हितेरी क्राउडफन्डिङ साइट हो। क्राउडफन्डिङ विशेष अवस्थामा आम व्यक्तिबाट सहयोग जुटाउने तरिका हो।

 

‘हितेरी’ ले त्यसका लागि छुट्टै वेबसाइट बनाएको छ। ठूलो खर्च गरी पटक–पटक विज्ञापन गर्दै आएको छ। जसको घोषित लक्ष्य २८ वटा गैरसरकारी संस्थालाई सय रुपैयाँदेखि केही हजार उठाइदिनु देखिन्छ। उसको साइट हितेरी डट ओआरजीका अनुसार त्यसबाट शनिबार बेलुकीसम्म ८६ हजार १ सय ८१ रुपैयाँ जुटेको छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

हावाहुरी राहत

विशेष