News

बारा-पर्सा हावाहुरी : हुरीले घाउ बनायो, वर्षाले झन चर्कायो

बारा-पर्सा हावाहुरी : हुरीले घाउ बनायो, वर्षाले झन चर्कायो

बारा । फेटा गाउपालिका १ भलुहिभर्वोलियका ३५ बर्षिय रामसुरत दास शनिबार दिउँसो चिन्तित मुद्रामा आकासतिर आखा तान्दै हुरीले भत्केको घर ठड्याउने काठपात मिलाउँदै छन्। उनको चिन्ताको पछिल्लो कारण थियो– बिहान सबेरैदेखि वस्तिमाथि आकासमा मडारिएको कालो बादल ।  

 

रामसुन्दरजस्तै हावाहुरीबाट प्रभावित क्षेत्रका बासिन्दाहरुको चिन्ता साँझ पर्न नपाउदै वास्तविकतामा परिणत भयो । दिउँसो हल्का मात्र वर्षा भएको हुरी प्रभावित क्षेत्रमा साझ ६ बजेबाट हावाहुरीसहित भीषण बर्षा भयो । साँझ छिप्पिदै जादा बढेको वर्षाले हुरी प्रभावितलाई थप बिचल्लिमा पार्‍यो । 

 

वर्षाले राहतमा पाएका अन्नपात र लत्ताकपडा वर्षाले भिजाएर नष्ट गर्‍यो भने बस्ने/सुत्ने ठाउँसमेत हिलाम्मै बनायो । केही स्थानमा खेतमै टेन्ट हालिएकोले डुबानको समस्यासमेत उत्पन्न भएको स्थानीय प्रहरीका भनाइ छ ।

 

राहतमा पाएको सामान भिजेकोमा भन्दा पनि पटकपटकको वर्षा र हुरीले पीडितलाई आतङ्कित पारेको फेटा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जयप्रकास दास बताउँछन् । ‘फेरि आइतबारको जस्तै हुरीबतास आउने हो कि भनेर सबै त्रसित छन, उनी भन्छन्, हुरीले बनाएको घाउमा बस्न लागेको खाटा उक्किएजस्तै भएको छ ।’

विशेष