विदेश

माल्दिभ्सको संसदीय निर्वाचनमा राष्ट्रपति सोलिहको पार्टीलाई भारी बहुमत

माल्दिभ्सको संसदीय निर्वाचनमा राष्ट्रपति सोलिहको पार्टीलाई भारी बहुमत

एजेन्सी । माल्दिभ्समा भएको संसदीय निर्वाचनमा राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको पार्टीले भारी बहुमत प्राप्त गरेको छ। संसदका ८७ सिटका लागि भएको मतदानमा ६० भन्दा बढी सिट राष्ट्रपति सोलिहको द माल्दिभीयन डेमोक्र्याटिक पार्टीले जितेको हो।

 

मतगणनाको अन्तिम नतिजा भने आइबार सार्वजनिक गरिनेछ। संसदीय चुनावमा पार्टीले भारी बहुमत प्राप्त गरेपछि पूर्व राष्ट्रपति एवं पार्टीका संस्थापक नेता मोहमद नासिद पनि स्वदेश फर्किएका छन्। उनी केही वर्षदेखि निर्वासित जीवनमा थिए। आफ्नो पार्टीले अभूतपूर्व मत प्राप्त गरेपछि पूर्व राष्ट्रपति नासिदले अब मुलुकमा प्रजातन्त्रलाई मजबुद बनाउने लामो बाटो तय गर्ने प्रतिक्रिया दिएका छन्।  

 

नासिद माल्दिभ्सको पहिलो जननिर्वाचित राष्ट्रपति थिए। माल्दिभियन डेमोक्र्याटिक पार्टीले न्यापालिकामा सुधार तथा लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएको थियो। उनी सन् २००८ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए। तर सन् २०१६ मा अब्दुला एमिनको शासनकालमा एक विवादास्पद निर्णयले निर्वासित हुन बाध्य भएका थिए। निर्वासित नासिद बेलायतमा निर्वासित जिवन विताउँदै आएका थिए। 

माल्दिभ्स इब्राहिम मोहम्मद सोलिह

विशेष