News

नेपाल भारत सीमा क्षेत्रमा ठूलो हावाहुरी आउने अनुमान, सचेत रहन आग्रह

नेपाल भारत सीमा क्षेत्रमा ठूलो हावाहुरी आउने अनुमान, सचेत रहन आग्रह

काठमाडौं । भारतको पृथ्वी विज्ञान मन्त्रालयले नेपालको सीमावर्ती क्षेत्र सिद्धार्थनगरलगायतका स्थानमा सोमबार बिहानसम्ममा कुनै पनि समय आँधीहुरी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले भारतको महाराजगंज र त्यस आसपासका क्षेत्रमा ५० किमी प्रतिघन्टाको गतिमा ऑधीबेहरी आउने संभावना रहेको अनुमानसहित सचेत रहन आग्रह गरेको हो।

मन्त्रालयलेएक विज्ञप्ति जारी गर्दै सो समयमा भारतका कुशीनगर, बलरामपुरलगायतका क्षेत्रमा आँधीहुरी आउन सक्ने बताएको छ। भारतको पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गत प्रभारी निदेशक मौसम केन्द्रले गत अप्रिल ४ मा जारी गरेको विज्ञप्तिमा अप्रिल ५ देखि ७ सम्म आँधी आउन सक्ने भन्दै सचेत गराएको हो। भारतले सचेत गराएका क्षेत्र नेपालको लुम्बिन आसपासका क्षेत्र हुन्।

हावाहुरी

विशेष