News

समायोजनबाट गएका कर्मचारी स्थानीय तहले किन गर्दै छन् फिर्ता ?

समायोजनबाट गएका कर्मचारी स्थानीय तहले किन गर्दै छन् फिर्ता ?

काठमाडौं । समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता भएका छन्। विभिन्न स्थानीय तहले आवश्यक कर्मचारी रहेकाले मन्त्रालयबाट खटाइएका बिनादरबन्दीका कर्मचारीहरूलाई हाजिर गराउन नसकिने कारण देखाई हाजिरै नगरी फकाइदिएका हुन्।

 

काठमाडौं महानगरले त समायोजन भएर आएका कर्मचारी राख्न नसक्ने भन्दै फिर्ता गरेको पत्र नै पठाएको थियो। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, मध्यपुर थिमी र भक्तपुर नगरपालिकामा समायोजन गरी पठाएका ३० जनाभन्दा बढी कर्मचारीलाई हाजिर नगराई फिर्ता पठाइएको उक्त मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

कर्मचारी समायोजन स्थानीय तह

विशेष