News

११ वर्षपछि नेपाल एयरलाइन्सले जापान उडान भर्दै

११ वर्षपछि नेपाल एयरलाइन्सले जापान उडान भर्दै

काठमाडौं । नेपाल वायुसेवा निगमले जुलाईको पहिलो हप्ताबाट जापान उडान गर्ने भएको छ । जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) बाट सुरक्षाको अनुमति पाएसँगै उडान हुने पक्का भएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए। 

 

सहप्रवक्ता कोइरालाले भने, ‘अब अपरेटिङ परमिट पाएसँगै जुलाईबाट उडान हुने निश्चित भएको हो ।’ ४५ दिनमा नै अपरेटिङ परिमिट पाउने भए पनि विमानस्थलको निमार्ण कार्य भइरहेको भएकाले उडान ढिला हुने भएको निगमको जापानका लागि स्टेसन म्यानेजर सन्तोष पाण्डले बताए। पाण्डको अनुसार जापान उडानको पहिलो यात्रा नेपाल एयरलाइन्सले जुलाई ४ तारिखमा गर्ने भएको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

नेपाल एयरलाइन्स

विशेष