News

अझै कहिलेसम्म रहला चैते झरी ?

अझै कहिलेसम्म रहला चैते झरी ?

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका मध्ये, मध्यपश्चिम र पुर्वी भेगमा पानी परिरहेको छ।  केहि ठाउँमा भने मेघगर्जनसहित नै पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अबको एक दुइ घण्टापछि  मौसम हल्का खुले पनि बदली भइ दिउँसो र बेलुकी पखसम्म पानी पर्ने सम्भवना रहेको महाशाखाकी मौसमविद मन्जु बासीले जानकारी दिइन्। न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले मौसम बदली हुने र मेघगर्जनसहित पानी पर्ने प्रणाली विकास भएको मौसमविद् बासीको भनाइ छ।

उनका अनुसार पूर्वि र मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ भने हिमाली भेगका केहि स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको हुनेछ।  मंगलबार राति पनि पश्चिमी भेग बाहेक अन्य भागको मौसम बदली भइ पानी पर्ने सम्भवना छ। बुधबार मौसम खुले पनि बिहीबार फेरि मौसमी झरी पर्ने अनुमान रहेको महाशाखाले जनाएको छ।

मौसम झरी

विशेष