फेसबुकमा 'घोडा' भनेर टिप्पणी गर्ने ब्रिटिश महिला दुबईमा पक्राउ
बिबिसी । पूर्वपतिले विवाह गरेकी अर्की महिलालाई सामाजिक सञ्जाल फेसबुकमा 'घोडा' भनेर टिप्पणी गरेको आरोपमा एक ब्रिटिश महिलालाई दुबईमा पक्राउ गरिएको अभियानकर्ताहरूले बताएका छन्। दोषी ठहरिए उनलाई दुई वर्ष जेल सजाय हुन सक्ने बिबिसीले जनाएको छ।
लन्डन निवासी ५५ वर्षीया लालेह शाहराभेस आफ्ना पूर्वपतिको अन्तिम संस्कारमा सहभागी हुन दुबई गएका बेला विमानस्थलमा पक्राउ परेकी थिइन्। उनका पूर्वपतिले सन् २०१६ मा अर्को विवाह गर्न लागेको थाहा पाएपछि फेसबुकमा प्रेषित दुई तस्बिरमा लालेहले अपमानजनक टिप्पणी गरेको अभियोग छ।
ब्रिटेन सरकारको फरेन एन्ड कमनवेल्थ अफिस (एफसीओ) ले एक छोरी भएकी ती महिलालाई आफूले सहयोग गरिरहेको बताएको छ। अभियानकर्ताहरूका अनुसार लालेह र उनका पूर्वपति १८ वर्षसम्म वैवाहिक सम्बन्धमा थिए।
त्यो बेला उनी आठ महिना संयुक्त अरब इमिरेट्स (यूएई) मा बसेकी थिइन्। केही समयपछि छोरीलाई लिएर उनी ब्रिटेन फर्किन्। तर उनका पति भने यूएईमै बसे र उनीहरूको सम्बन्धविच्छेद भयो। पूर्वपतिले अर्को विवाह गर्दैछन् भन्ने कुरा उनले फेसबुकमा हालिएको तस्बिर देखेपछि थाहा पाएकी थिइन्।
ब्रिटेन पक्राउ