राजस्थानको धूलोले काठमाडौंको आकाश ढाक्यो

काठमाडौं । बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन । हिउँद नभएकाले कुहिरोको सम्भावना पनि छैन । तर पनि यतिबेला राजधानीको आकाश सफा छैन । केही दिन अघि पानी पर्यो, आकाश खुलेर नीलो थियो । तर अहिले रातो र घुर्मैलो रङ मिसिएको तुवाँलोले भरिएजस्तो देखिन्छ । ‘सडकमा धूलो नउडे पनि अनुहार र नाकमा धूलो परेजस्तो लाग्दैछ’ बटुवा रमिता सुवेदीले भनिन्, ‘दिउँसो केही समय तातो हुन्छ तर साँझ बिहान चिसो महसुस गर्छु ।’
भारतको राजस्थानबाट आएकोे हुरीको परिणामले राजधानीको आकाश र मौसम धूलोले भरिएकोे मौसमविद् राजु प्रधानाङ्ग बताउँछन् । ‘थार मरुभूमिमा यतिबेला बालुवाको धूलोसहितको ठूलो हुरी चलिरहेको छ’ उनले थपे, ‘चर्किदो घामसँगै बलौटे माटो हुरीसँगै उड्ने गर्छ ।’ यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।
काठमाडौं राजस्थान धूलो