News

प्रतिष्ठामा आँच पुर्‍याउने पत्रकारलाई १० लाख जरिवाना

प्रतिष्ठामा आँच पुर्‍याउने पत्रकारलाई १० लाख जरिवाना

काठमाडौं । पत्रकारले आचार संहिता उल्लघंन गरी कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्याउने गरी समाचार प्रकाशन प्रसारण गरे १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखेर विधेयक आएको छ । प्रतिनिधिसभामा बिहीबार दर्ता भएको ‘नेपाल मिडिया काउन्सिलसम्बधी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले पत्रकारलाई २५ हजादेखि १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको हो । 

 

जाँचबुझ गर्दा कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा आमसञ्चार, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने सक्नेछ,’ विधेयकमा उल्लेख छ । प्रेस काउन्सिलले कारवाही गर्नुअघि एकपटक सम्बन्धित पक्षलाई स्पष्टीकरण लिने व्यवस्था पनि विधेयकले गरेको छ। यसअघि प्रेस काउन्सिल विधेयकमा पत्रकारलाई जरिवानाको व्यवस्था गरिएको थिएन । यो समाचार नागरिक दैनिकबाट लिइएकाे हाे ।  

पत्रकार प्रेस काउन्सिल नेपाल मिडिया काउन्सिल

विशेष