News

त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट ३ सय भित्र

त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट ३ सय भित्र

काठमाडौं । त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट बिश्वबिद्यालयको २ सय ५१ देखि ३ सयमा परेको छ । बेलायतमा मुख्यालय रहेको टाइम्स हायर एजुकेशनले गरेको र्याङकिङमा त्रिभुवन विश्वविद्यालय २ सय ५१ देखि ३ सयौं स्थानमा परेको हो । एशियाक्षेत्रको करिब ४८ मुलुकका चर्चित करिब ३ हजार भन्दा बढी विश्वविद्यालय छनौट गर्दा त्रिवि उत्कृष्ठ ३ सय भन्दा कम स्थानमा पुग्न सफल भएको छ । सो संस्थाले विश्वविद्यालय छनौट गर्न विभिन्न क्षेत्र तय गरेको थियो । र्याङकिङमा सहभागि हुन विश्वविद्यालयले सोही अनुसार विवरण पेश गरेको थियो ।

 

सो संस्थाले गत वर्ष सन् २०१९का लागि विश्वभरका विश्वविद्यालयकालागि सार्वजनिक गरेको र्याकिङमा त्रिवि एक हजार भन्दा मुनी परेको थियो । गत वर्ष गरेको निर्णय अनुसार त्रिवि ८ सय १ देखि १ हजारभित्र परेको जनाएको थियो । यो वर्ष एशियाली मुलुकका विश्वविद्यालय छनौट गरी निर्णय सार्वजनिक गर्न लागेको हो । टाइम्स हायर एजुकेशनले मंगलबार त्रिविलाई इमेल पठाएर सन् २०१९को लागि सो विश्वविद्यालय ३ सय भन्दा मुनी परेको उल्लेख गरेको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

त्रिभुवन विश्वविद्यालय एसिया

विशेष