News राजनीति मुख्य समाचार

श्रमिकको अधिकार पूरा गर्न कम्युनिस्ट सरकार सक्रियः अध्यक्ष प्रचण्ड

श्रमिकको अधिकार पूरा गर्न कम्युनिस्ट सरकार सक्रियः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण नेपालीमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्, ‘१३०औं विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवि जनसमुदायमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’

 

उनले नेपालमा २००३ सालमा विराटनगर जुटमिलबाट शुरु भएको श्रमिक आन्दोलन, १० वर्षे जनयुद्ध, र १९ दिने ऐतिहासिक जनआन्दोलको प्रतिफलले नै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको बताएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वर्तमान सरकार र नेकपाले संवैधानिक र कानुनी पूर्वाधार तयार गर्दै विकास र समृद्धिलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले श्रमको सम्मान श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न कम्युनिस्ट सरकारले विभिन्न योजना मार्फत समाजवादको आधार तयार पार्न जोड दिइरहेको बताएका छन् ।

 

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड मजदुर दिवस

विशेष